Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बहाव ५ लाख ३१ हजार क्युसेक !

उच्च बहावपछि मुख्यमन्त्री कार्कीद्वारा निरीक्षण

उद्घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन् ।

शनिबार दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा मुख्यमन्त्री कार्कीले बराहक्षेत्र नगरपालिका–६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका छन् । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । 

स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गरेका छन् ।

कोशी प्रदेश भरी निरन्तर वर्षा भइरहेको र बाढीपहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन समेत मुख्यमन्त्री  कार्कीले निर्देशन दिएका छन् । 

अहिले प्रदेशका बाढी पहिरो गएका क्षेत्रमा उद्धार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । 

कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० क्युसेक पुगेको जानकारी प्रहरीले गराएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुँइटेलले जानकारी दिए । 

कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनको आवागमनमा पनि रोक लगाइएको छ ।

View : 105

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved