Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरको रेन्को पेनले पायो ग्लोबल अवार्ड

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

बलिउड अभिनेत्री मलाइका अरोराबाट सम्मान थाप्दै रेन्को पेनका प्रबन्ध निर्देशक नविन झुनझुनवाला । तस्वीर सौजन्य : नविन झुनझुनवाला

विराटनगर । नेपालको स्टेशनरी ब्रान्ड रेन्को पेनले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट  स्टेशनरी ब्रान्ड पुरस्कार २०२५’ प्राप्त गरेको छ । 

४५ वर्षदेखि बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको यस ब्रान्डलाई अन्तर्राष्ट्रिय आइकन पुरस्कार कार्यक्रममा बलिउड कलाकार मलाइका अरोराले सम्मान प्रदान गरेकी हुन् ।

यस पुरस्कारले रेन्को पेनको नवप्रवर्तन, उत्कृष्ट गुणस्तर र स्टेशनरी क्षेत्रमा नयाँ अनुभव सिर्जना गर्ने प्रतिबद्धतालाई विश्वस्तरमै मान्यता दिएको रेन्को पेनका प्रबन्ध निर्देशक नविन झुनझुनवालाले बताए । 

‘यो पुरस्कार केवल रेन्को पेनको मात्र होइन, नेपालकै गौरव हो’ पुरस्कार पाएपछि झुनझुवालाले प्रतिक्रिया दिएका छन् ।

उनले यो उपलब्धिले नेपालमा यसको बजार पहिचानलाई थप बलियो बनाएको उल्लेख गरे । 

अनौठा डिजाइन, सहज लेखाइ र नेपाललाई विश्व स्टेशनरी उद्योगमा चिनाउन गरेको समर्पणका कारणले नै रेन्कोले ठूलो सफलता हासिल गरेको उनको भनाइ छ ।

रेन्कोले पेन, मार्कर, टाँसिने पदार्थ (ग्लु), स्केच पेनलगायतका स्टेशनरी सामग्री उत्पादन गर्दै आएको छ । 

यसले नेपालमा पार्कर, ब्रुस्त्रो (चित्रकला सामग्री), गोरिल्ला टेप, अमिगो क्याल्कुलेटर, स्टोरी पेन्सिलजस्ता ब्रान्डलाई पनि आफ्नो छातामुनि समेटेको छ । 

कम्पनीले रेन्को नेपाललाई विश्व स्टेशनरी उद्योगमा परिचित गराउने लक्ष्य लिएको झुनझुनवालाले बताए ।

View : 791

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved