विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले प्रदेश सभा परिसरभित्रै ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी अघि बढाएका छन् ।
राप्रपाबाट सभामुख निर्वाचित भएका बिष्टले पुस २७ मा देशभर पार्टीले अघि बढाएको पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई कटहरीस्थित प्रदेशसभा परिसरभित्रै आयोजना गर्न लागेका हुन् ।
सभामुख बिष्टले गत वर्ष पनि देवकोटा चोकस्थित प्रदेशसभा परिसरभित्रै पृथ्वी जयन्ती मनाउने कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा राप्रपाका कयौं नेता कार्यकर्ताहरूले सहभागिता जनाएका थिए ।
सभामुखको निर्देशनमा आयोजित पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रममा उपसभामुख सिर्जना दनुवार भने उपस्थित भइनन् ।
सभामुख बिष्टले यस बर्षपनि कोशी प्रदेश सभा परिसरमा पृथ्वी जयन्ती मनाउने तयारी प्रदेशसभा सचिवालयमार्फत सुरु गरेको जनाइएको छ ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved