विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले प्राडा श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
वेदाग छवि भएका चिकित्सकका रुपमा चिनिन्छन् । धरानका स्थानीय बासिन्दासमेत रहेका प्राडा श्रेष्ठ वीपी प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष हुन् ।
योसँ“गै चारै स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नयाँ उपकुलपति चयन भएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरतबहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा पुजनकुमार रोकाया नियुक्त भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त भएका प्राडा भरतबहादुर खत्रीले मंगलबार नै नियुक्तिपत्र बुझेका छन् भने धरानसहितका अन्य तीन जनालाई बुधबार बिहान बोलाइएको छ ।
नियुक्तिका लागि सरकारले असार ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीमा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्यका रूपमा थिए ।
View : 472
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved