काठमाडौँ, २४ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि हालसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिएका हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त अवधिमा बाढीपहिराका ९ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र ३ सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण सोमबार पनि देशभरकै जनजीवन प्रभावित भएको प्रहरीले जनाएको छ ।
यस अवधिमा ४ हजार ७ सय ९० जना प्रहरी बाढी पहिरोबाट भएका घटनामा उद्दार र सहयोगका लागि परिचालन गरिएको जनाइएको छ । बाढी पहिरोबाट ९ करोड ५६ लाख ७४ हजार २५० रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
View : 203
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved