विराटनगर । सरकारी काममा बिचौलियाको काम गर्दै सरकारी सहीछाप किर्ते गरेको आशंकामा प्रहरीले विराटनगरका दुई सरकारी कार्यालय अगाडिबाट २९ जना लेखापढी ब्यवसायीलाई नियन्त्रणमा लिएको छ ।
कुनै पनि सरकारी काममा हाकिमलाई रकम दिएर मात्रै काम हुने भन्दै सेवाग्राहीबाट रकम लिने गरेको गुनासो आएपछि प्रहरीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिबाट ९ र मालपोत कार्यालयबाट २० जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ब्यक्तिहरु गैर कानुनी काम, बिचौलिया तथा लेनदेनमा संलग्न भए नभएको बारे अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् । यस्ता आरोपमा संलग्न नभएकाहरुलाई प्रहरीले रिहा गर्ने र प्रमाणित भएकालाई मुद्दा चलाउने तयारी गरेको छ । कतिपयले सरकारी छाप किर्ने गर्ने गरेको पनि आरोप छ ।
गैर कानुनी कार्यमा संलग्न भएको उजुरीहरु समेत प्रहरीमा पुगेकाले ती ब्यक्तिहरुका घर र कार्यालयमा तलासी गर्ने प्रहरीको योजना छ ।
कतिपय हुँदै नहुने काम पनि नक्कली कागजात बनाएर सक्कली भन्दै दिने गरेको केही लेखापढी ब्यवसायीलाई आरोप लागेको छ ।
प्रमुख जिल्ला अधिकारीसम्मलाई रकम दिनुपर्ने भन्दै सेवाग्राहीबाट रकम लिएको गुनासो प्रहरीमा पुगेको थियो ।
View : 242
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved