Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

नबिलको सामाजिक उद्यमशिलता तालिम

उद्घोष सम्वाददाता
१९ साउन २०८१, शनिवार

विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नविल एसएसई’ तीन महिने चौथो समूहको प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गर्दै पाँचौं समूहको उद्घाटन सम्पन्न भएको छ ।

युवाहरूलाई नविल बैंकले सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी पच्चिस प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी चौथो चरणको तालिम समापन गरिएको छ । 

शनिबार नै पाँचौं चरण अन्तर्गतको २५ प्रशिक्षार्थीको सहभागितामा तालिम उद्घाटन गरिएको नबिल एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले बताए ।

कार्यक्रममा बोल्दै साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले दैनिक हजार बढीको संख्यामा युवाहरु विदेश पलायन भैरहेको अवस्थामा बैंकले उद्यमशिलताको तालिम सञ्चालन गर्नु सराहनीय भएको बताए ।

महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामावतार शरणले  तालिममा सहभागीहरुलाई आफूले सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध गरे । 

नबिल बैंकका शाखा प्रवन्धक समीर श्रेष्ठले सातै प्रदेशमा यो तालिम सञ्चालन भैरहेको बताए । सहभागीहरुको तर्फवाट विभूति उपाध्यायले तालिममा सिकेको व्यावहारिक ज्ञानले उद्यम सञ्चालन गर्न सहयोग पुगेको बताइन् ।

View : 222

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved