Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ट्राफिक प्रहरीलाई हातपात गर्न खोज्ने दुई युवक पक्राउ

उद्‌घोष संवाददाता
१० असोज २०८२, शुक्रवार

Advertisement

विराटनगर । ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमाथि दुव्र्यवहार र हातपात गर्न खोज्ने दुई युवक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई पक्राउ गरी कारवाही अघि बढाएको हो । 

विराटनगर महानगरपालिका–७ जैन भवन अगाडि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई चेकजाँच गर्ने क्रममा विराटनगर–८ बस्ने २८ वर्षीय सविन कामत र २६ वर्षीय विभेक रायले हातपातको प्रयास गरेका थिए । 

उनीहरूले चेकजाँचका क्रममा प्रहरीसँग विवाद गरेपछि भएको भनाभनपछि हातपात गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । 

View : 676

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved