Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

उद्‌घोष सम्वाददाता
२३ असोज २०८१, बुधवार

सप्तरी, २३ असोज । नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।

नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताए ।

भारतबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् ।

घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् । रासस

View : 164

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved