Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस युनियन कोशीका सात निर्णय

उद्‌घोष संवाददाता
३ जेठ २०८३, आइतवार

भोजपुर । भोजपुरमा सम्पन्न नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको बैठकले संगठन सुदृढीकरण, विधान संशोधनका लागि सुझाव समिति गठन, सदस्यता विस्तार तथा पत्रकारिता क्षेत्रको व्यावसायिक विकाससँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको  छ । 

प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न बैठकले आगामी जेठ १३ गते काठमाडौंमा हुने युनियनको विधानसभामा पेश गरिने संशोधन प्रस्तावका लागि सुझाव संकलन गर्न समिति गठन गरेको छ । 

प्रदेश महासचिव सञ्जीव वाग्लेको संयोजकत्वमा गठित समितिलाई प्रदेशभरका शाखाबाट सुझाव संकलन गरी केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

बैठकले कोशी प्रदेशका १४ वटै जिल्लामा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । 

सक्रिय पत्रकारलाई संगठनमा आबद्ध गराउँदै प्रेस स्वतन्त्रता, श्रम अधिकार र पेशागत सुरक्षाका सवालमा साझा आवाज बलियो बनाउने रणनीति अनुसार अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

नेपाल प्रेस युनियन भोजपुर शाखाको आतिथ्यतामा सम्पन्न बैठकले युनियनको स्थापना दिवसलाई प्रदेशभर भव्य रूपमा मनाउन सबै जिल्ला शाखालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

View : 112

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved