Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

आमन्त्रण भेट्रान टेबल टेनिस

उद्‌घोष संवाददाता
२ पुष २०८२, बुधवार

विराटनगर । विराटनगर टेबलटेनिस क्लबद्वारा आयोजित आमन्त्रण भेट्रान टेबल टेनिस प्रतियोगीतामा विभिन्न भेट्रान उमेर समूह र सब कनिष्ठ उमेर समूहका स्पर्धाह रूमा प्रतिस्पर्धा भएका छन्  । 

स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा भेट्रान एकल ५० माथि, भेट्रान एकल ४० माथि, भेट्रान जोडी, कक्षा ६–७ सम्मिलित सह–कनिष्ठ छात्र तथा छात्रा, कक्षा ४–५ सम्मिलित सुरूवाती तहका छात्र तथा छात्रा र कक्षा ३ सम्मको सुरूवाती तहका छात्र एकल गरी ८ वटा स्पर्धामा प्रतिस्पर्धा भएको हो । 

भेट्रान एकल ५० माथिको स्पर्धामा काठमाडौंका कपूर शर्मा प्रथम, दार्जिलिङ भारतका बिमल गुरूङ द्वितीय, विराटनगरका सन्तोष प्रधान र सिक्किमका मदनकुमार प्रधान संयुक्त रूपमा तृतीय भए । 

यसैगरी भेट्रान एकल ४० माथिको स्पर्धामा विराटनगरका सरोज पौडेल प्रथम, विराटनगरकै विवेक अग्रवाल द्वितीय, विराटनगरकै उपकार श्रेष्ठ र अररिया भारतका चन्दनकुमार ठाकुर संयुक्त रूपमा तृतीय भए ।

त्यसैगरी भेट्रान जोडी ५० माथि स्पर्धामा विराटनगरका अनुज बानियाँ र सन्तोष प्रधान प्रथम, दार्जिलिङ भारतका बिमल गुरुङ र काठमाडौका कपुर शर्मा पौडेल द्वितीय, विराटनगरका उपकार श्रेष्ठ र अररिया बिहारका चन्दनकुमार ठाकुर एवं विराटनगरका नितेश गोतानी र विवेक अग्रवाल संयुक्त रुपमा तृतीय भए ।

सह–कनिष्ठ छात्र एकल (कक्षा ६–७) तर्फ बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ प्रथम, डीएभी स्कुलका विवान अग्रवाल द्वितीय, बुढानिलकण्ठ स्कुलका प्रेमराज थापा र पोखरिया स्कुलका रक्षा बुढा संयुक्त रूपमा तृतीय भए ।

सह–कनिष्ठ छात्रा एकल (कक्षा ६–७) तर्फ बीकेभीएम स्कुलकी रोशिका घिमिरे प्रथम, बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ द्वितीय, श्रीश्री रविशंकर स्कुलकी प्राप्ति सेढाईं र सेन्ट मेरिजकी प्रविज्ञा बस्नेत संयुक्त रूपमा तृतीय भए ।

सुरूवाती चरणका छात्र एकल (कक्षा ४–५) तर्फ बीकेभीएम स्कुलका आदर्श गुप्ता प्रथम, बुढानिलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय, श्रीश्री रविशंकर स्कुलका खेलाडीद्वय आयाम बुढाथोकी र रूद्रान्स सुलभ सापकोटा संयुक्त रूपमा तृतीय भए ।

सुरूवाती तहका छात्रा एकल (कक्षा ४–५) तर्फ अरनिको स्कुलकी स्वर्णिमा कोइराला प्रथम, अरनिको स्कुलकै साइना अधिकारी द्वितीय, सेन्ट मेरिज स्कुलकी सुमेधा पराजुली र पिटर प्यान प्ले पेन स्कुलकी लावण्या अग्रवाल संयुक्त  रूपमा तृतीय भए ।

त्यस्तै साना सुरूवाती छात्र एकलतर्फ (कक्षा ३ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीरजंग थापा प्रथम, अरनिको स्कुलका प्रशान्त मण्डर द्वितीय, एभरेष्ट स्कुलका रेयान्श गुप्ता र डीपीएस स्कुलका आयान झुनझुनवाला संयुक्त रूपमा तृतीय भए ।

View : 447

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved