Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रहरीको आईजीपीमा थापा नियुक्त

उद्‌घोष सम्वाददाता
५ चैत २०८१, मङ्गलवार

विराटनगर । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी सोमबारबाट अवकाश पाएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले मंगलबारदेखि आईजीपीको कार्यभार सम्हाल्दै छन् । 

गृह सचिवबाट दज्र्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । 

विसं २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी सेवा प्रवेश गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । 

२०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा जन्मिएका  थापाले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् । 

उनले जिल्ला प्रहरी कार्यालय खोटाङ, सुनसरी, मोरङलगायत कोशी प्रदेशका जिल्लामा प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् ।

View : 132

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved