विराटनगर । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले बुधबार विराटनगरमा अन्तरक्रिया गरेको छ ।
संविधान सभाका तीन सदस्यहरूको उपस्थितिमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास र समृद्धिको यात्रामा सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले राजनीतिक प्रणालीमाथि प्रश्न आउन नदिन सरकारले जनताका आवश्यकता र चाहनामा केन्द्रित रहेको बताए ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा अघिल्लो राजनीतिक प्रणाली र गणतन्त्रात्मक व्यवस्था यता भएका विकास प्रगतिबारे चर्चा गरेका थिए । त्यसैगरी संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले गणतन्त्रको विकल्प नभएको बताए ।
नेकपा माओवादी केन्द्रका नेता एवं संविधान सभा सदस्य हरिबोल गजुरेलले गणतन्त्रको रक्षाका लागि सबै दलको भूमिका रहनुपर्ने बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारले युवा रोजगारी बृद्धिमा जोड दिइरहेको बताए । उनले बैंक मार्फत बिना धितो क्रृण प्रवाह गर्ने योजना सरकारको रहेको जानकारी दिए ।
View : 55
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved