विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले गर्भवती महिला प्रहरी कर्मचारीहरुलाई दही चिउरा खुवाएको छ ।
११४ औं अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र नेपाल प्रहरी बिशेष सूरक्षा प्रहरी गण दुहवीमा कार्यरत गर्भवती महिला प्रहरी कर्मचारीहरुलाई दही चिउरा खुवाएको हो ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी सचिव सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङले पनि बिहीबार गर्भवती महिला प्रहरीलाइ दही चिउरा खुवाएको जनाएको छ ।
View : 3362
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved