Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

पत्रकार पाठकका परिवारलाई एक लाख प्रदान

उद्‌घोष संवाददाता
२८ भदौ २०८१, शुक्रवार

Advertisement

झापा,२८ भदौ । झापामा स्व पत्रकार नेत्र पाठकको परिवारलाई राहतस्वरुप रु एक लाख प्रदान गरिएको छ । नेपाली पत्रकारिताकै इतिहासमा पहिलो पटक पत्रकार महासङ्घकै कोषबाट आफ्ना सदस्यको निधन भएपछि पत्रकार महासङ्घ झापा शाखाले एकाघर परिवारका सदस्यलाई  एक लाख प्रदान गरेको हो ।

पत्रकार सहारा उपचार कोषमार्फत आफ्ना सदस्यको निधन भएमा बढीमा  एक लाखसम्म परिवारका सदस्यलाई राहतस्वरुप प्रदान गर्ने कार्यविधिअनुरुप यो रकम हस्तान्तरण गरिएको महासङ्घका अध्यक्ष एकराज गिरीले बताए।

उक्त रकम स्व पत्रकार पाठककी श्रीमती सीता पाठक र बुहारी हिमा पाठकले ग्रहण गरे । महासङ्घ झापा शाखाको कार्यकक्षमा आज आयोजित सङ्क्षिप्त कार्यक्रममा शाखाका पूर्वअध्यक्ष भीम नेम्वाङ र केशव आचार्यले आफ्ना सदस्यप्रतिको यो उत्तरदायित्वको प्रशंसा गरे ।

महासङ्घ जिल्ला शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापा शाखाले स्थापना गरेको उक्त उपचार कोषमा  एक करोड ११ लाख रहेको छ । कोषको ब्याजमार्फत घाइते वा बिरामी पत्रकारलाई र सुत्केरी पत्रकार महिलालाई समेत उपचार खर्च प्रदान हुँदै आएको छ ।

सोही कोषमार्फत ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा औषधोपचार खर्च पनि पत्रकार महासङ्घ जिल्ला शाखाले प्रदान गर्दै आएको महासङ्घका सचिव डिकेश लामाले बताए । रासस

View : 378

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved