विराटनगर । विराटनगर–३ आयल निगमस्थित मोडर्न एरा इङ्लिस स्कुलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको अवसरमा ‘सिल्भर जुब्ली’ मनाएको छ । विद्यालयले शुक्रबार अभिभावक दिवससहित भव्य कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका प्रिन्सिपल इन्द्र राईले उत्तरी मोरङको विश्वासिलो शैक्षिक धरोहरका रूपमा विद्यालय अघि बढिरहेको बताए । उनका अनुसार विद्यालयतर्फ ९५० र प्लस टु तर्फ ३५० जना विद्यार्थी अध्ययनरत छन् भने कुल ८६ जना शिक्षक–कर्मचारी कार्यरत छन् । सुविधा सम्पन्न होस्टेलको व्यवस्थासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनले दाबी गरे ।
नियमित पठनपाठनका अतिरिक्त क्रियाकलापका हिसाबले विद्यालयलाई अग्रणी बनाउने लक्ष्य लिएको प्रिन्सिपल राईले बताए ।
सिल्भर जुब्ली समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला ले सीपयुक्त शिक्षाको आवश्यकतालाई विद्यालयले सम्बोधन गर्दै आएको धारणा राखे । उनले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र केन्द्रित नगरी प्रतिभा र क्षमताका आधारमा समेत केन्द्रित गर्नुपर्ने बताए ।
विद्यालयका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयमा हाल प्रि–नर्सरीदेखि स्नातक तहसम्म अध्ययन–अध्यापन हुँदै आएको जनाइएको छ ।
सिल्भर जुब्लीको अवसरमा विद्यार्थीहरूले गीत–संगीत, नाटक, कविता वाचन, गायन लगायतका प्रतिभा प्रस्फुटनसम्बन्धी प्रतियोगितात्मक कार्यक्रम प्रस्तुत गर्नुका साथै भजन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
विद्यालयले शनिबार समेत विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ ।
View : 194
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved