Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दशैंको टीकाको दिन भएको सामुहिक करणीको घटना सार्वजनिक

उद्‌घोष संवाददाता
२२ असोज २०८२, बुधवार

Advertisement

सुनसरी । दशैको टीकाको दिन सुनसरीको बर्जु गाउँपालिका ६ मा १३ बर्षीय बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ । प्रहरीले आरोपीहरु पक्राउ गर्न समय लागेकाले घटना ढिलागरी सार्वजनिक गरेको हो । 

स्थानीय चिमडी मेला घुम्न गएको बेला ती बालिकामाथी बर्जु गाउँपालिका–६ स्थित चन्दामोहन बाँधमा लगेर ४–५ जना युवकहरुले समूहले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यलय दुहबीले जानकारी दिएको छ ।

विजया दशमीको दिन राति १० बजे उक्त समूहले बालिकामाथि जबरजस्ती करणी गरेर भागेको सूचना इलाका प्रहरी कार्यालय चिमडीमा आएपछि प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई उद्धार गरी नोबेल अस्पताल विराटनगर पठाएको थियो ।

नोबेल अस्पतालबाट ती बालिकालाई थप उपचारको लागि कोशी अस्पताल भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा प्रहरी टोली खटी घटनामा संगलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पीडित बालिका र घटना सम्बन्धमा थाहा पाउने मानिसहरुले खुलाई दिएको हुलिया र प्राबिधिक बिष्लेषणको आधारमा अप्रेशन चलाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका ६ बस्ने बर्ष २१ को बुधनारायण चौधरी, २१ बर्षीय विजय साह र सोही ठाउँका १५ बर्षीय एक छन् ।

उनीहरुलाई घटना भएको तीन दिनपछि गत शनिबार पक्राउ गरिएको तिमिल्सिनाले बताए । घटनामा संलग्न अन्य आरोपीको समेत खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गर्न मंगलबार जिल्ला अदालत सुनसरीबाट शनिबारदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरीएको प्रहरीले जनाएको छ ।

View : 911

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved