विराट ट्रेड एक्स्पो स्टल भिजिट
विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा शिवम् फुटवेयर प्रालि अन्तरगत सांग्रिला, भालोर र बुनाई ब्राण्डका जुत्ताचप्पल कम्पनीले आधा कम दाममा बिक्री गर्दै आएको छ ।
स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने कम्पनीको योजना अनुसार एक्स्पो भिजिट गर्ने उपभोक्ताहरूका लागि पियूबाट बनेका जुत्ता चप्पलमा अत्यधिक छुटमा उपलब्ध गराएको हो ।
६०० रूपैयाँसम्म पर्ने जुत्ता चप्पल एक्स्पो अफर अन्तरगत २०० रूपैयाँमा बिक्री वितरण भइरहेको कम्पनीका मार्केटिङ अफिसर गणेशकुमार साहले बताए ।
उनका अनुसार ७०० रूपैयाँ पर्ने लेडिज जुत्तीमा ३०० रूपैयाँमा र ८५० रूपैयाँ पर्ने पीभीसी जेन्स जुत्ताको मूल्य ४५० रूपैयाँ मात्रै पर्ने जनाइएको छ ।
स्पोर्टस् सुज अन्तरगत ‘स्टक अन’ र ‘इभा’ अन्तरगतका सवै जुत्ताचप्पल उद्योगको उत्पादन मूल्यमै बिक्री वितरण भइरहेको उनले बताए ।
शिवम् फुटवेयर कोशी प्रदेशकै अग्रणी फुटवेयर कम्पनी भएका कारण यसले सांग्रिला ब्राण्डका चार सय बढी जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । त्यस्तै, बुनाई ब्राण्डका दुई सय र भालोर ब्राण्डका ५० मोडलका जुत्ताचप्पल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
भालोर ब्राण्ड स्पोर्टस् सुज हो । यो ब्राण्डका जुत्ता पछिल्ला दिनमा लोकप्रिय बन्दै गएको जनाइएको छ ।
कम्पनीले नेपालभरी आफ्ना उत्पादन पुर्याउँदै आएको साहले जानकारी दिए । एक्स्पोमा पनि उत्साहजनक रूपमा उपभोक्ताको रोजाइमा परिरहेको उनले बताए ।
View : 162
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved