काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ ।
कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेर अगाडि पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गर्नुभएको हो ।
“महाधिवेशन प्रतिनिधि कांग्रेसको विधानको सर्वोच्च विधायक हुन्, विशेष महाधिवेशनले गरेको निर्णयलाई मानेर पार्टी अगाडि बढ्नुपर्छ, विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्छ”, उनले भने ।
प्रचारप्रसार समितिका संयोजक पोखरेलले पार्टी सभापतिले आफ्नो जिम्मेवारी छोड्नुपर्ने, विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने र आगामी निर्वाचनमा सभापति उम्मेदवार बन्न नहुने बताए ।
पार्टी नेतृत्वले महाधिवेशन प्रतिनिधिलाई हेप्ने काम गर्न नहुने उनको भनाइ थियो । उनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन विशेष महाधिवेशनले ठूलो सहयोग पुगेको बताए ।
आगामी दिनमा कांग्रेसभित्र भागबण्डाको अन्त्य हुुने उनको भनाइ थियो ।
View : 131
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved