Biratnagar, Morang, Nepal
२८ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मिटरब्याज विरुद्धको पैदल मार्च : शनिबार ३२ किलोमिटर पैदल हि‌डेर लालबन्दी पुगेको टोली चौथो दिनको यात्रामा

उद्‌घोष संवाददाता
२८ असार २०८३, आइतवार

Advertisement

विराटनगर । मिटरब्याज पीडितहरूले जनकपुरदेखि काठमाडौंसम्मको ‘पैदल मार्च’ जारी राखेका छन् । 

मिटरब्याजविरुद्धको मार्चपास टोली शुक्रबार राती महोत्तरीको बर्दीबासको पञ्चुधरा मन्दिर क्षेत्रमा बास बसेर शनिबार दिनभर ३२ किलोमिटर यात्रा गर्दै लालबन्दी पुगेर बास बसेको थियो । 

दुईसयको संख्यामा रहेको मार्चपास टोली लालबन्दीबाट आइतबार बिहानै चौथो दिनको पैदल मार्चमा निस्किएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरमै ‘अधिकार माग्न काठमाण्डु जान पर्दैन’ भन्ने घोषणा गरेका थिए । तर त्यो बाचा उनले बिर्सिएको भन्दै सयौंको संख्यामा मिटरब्याजबाट पीडितहरूले न्याय माग गर्दै बिहीबार काठमाडौंका लागि मार्चपास सुरु गरेको मिटरब्याज विरुद्धको मार्चपासका सहभागी सन्तोष गौतमले बताए ।

देशभरबाट जनकपुरधामको तिरहुतिया गाछी मैदानमा जम्मा भएका मिटरब्याज पीडितहरूले फर्जी तमसुक जलाएर मार्चपास सुरु गरेका थिए ।

पैदल मार्च सुरु गर्नुअघि लघुवित्त तथा अन्य संस्थाबाट हुने गरेको वित्तीय शोषनविरुद्ध आवाज उठाएका थिए । 

उनीहरूले प्रधानमन्त्री बन्नुअघि बालेन्द्र साहले जनकपुरमै सम्बोधन गरी मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेका थिए । तर सरकार बनेको १०० दिन बितिसक्दा पनि आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको पीडितहरूले गुनासो गरेका छन् ।

पीडितहरूले सरकारसँग यसअघि नै चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताउँदै आएका छन् । उनीहरूले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको सहभागीहरूले बताए ।

पीडितहरूले काठमाडौं पुगेर सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । तर त्यसअघि नै माग सम्बोधन हुनेमा आफूहरू आशावादी रहेको पनि बताएका छन् । 

काठमाडौंमा हुने विशाल मार्चपासमा भने देशैभरिबाट सहभागी हुने पीडितहरूले आह्वान गरेका छन् ।

View : 40

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved