उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित पिपल चोकमा रहेको होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले होटलको तेस्रो तलाबाट उनीहरूलाई तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा ४७ वर्षीय भलराज राई, ४५ वर्षीय चित बहादुर राई, ४६ वर्षीय बोध बहादुर थापा मगर, ३८ वर्षीय विजय राई, ३० वर्षीय संजीव बुढाथोकी र ४९ वर्षीय पुर्ण बहादुर राई रहेका छन् ।
उक्त स्थानबाट नगद ५७ हजार ६२५ रुपैयाँसहित तीन बुङ तास, ६ थान मोबाइल र ४ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved