Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ एमालेका सुहाङको अग्रता कायमै

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

इलाम । इलाम क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । सुरुवाती गणनादेखि उनले अग्रता कायम गर्दै आएका हुन् ।

चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले ८ हजार २८० मत प्राप्त गरिसकेका थिए । उनले अहिले ९ हजार १५१ मत प्राप्त गर्दै अग्रता बढाइरहेका छन् ।

नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले ७ हजार ३४४ मत प्राप्त गरी पछ्याइरहेका छन् । 

नेम्वाङ र राईबीच १ हजार ८०७ मतको मतान्तर रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसका भेषराज आचार्यले ४ हजार ९८८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई २ हजार ३३५ मतका साथ चौथो स्थानमा रहेका छन् । 

अहिले माङसेबुङ गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिए ।

त्यसपछि देउमाई र इलाम नगपालिकाको मतगणना गरिनेछ ।

मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा भइरहेको छ ।

सो निर्वाचन क्षेत्रमा कूल १ लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो ।

इलाम-२ निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्यासी रहेका छन् ।

View : 51

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved