Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

१५ दिनसम्म चल्ने कञ्चनबारी मेला सुरु

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । विराटनगरको उत्तरी क्षेत्रका जनतालाई लक्षित गर्दै आयोजना गरिएको कञ्चनबारी मेला सुरु भएको छ । ‘स्वरोजगार, आत्मनिर्भरता: हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ विराटनगरको कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला सुरु भएको हो ।

विराटनगरस्थित आयल निगमछेउको मैदानमा आयोजना गरिएको महोत्सवको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभाका सदस्य भीम पराजुलीले उद्घाटन गरेका छन् ।

सो अवसरमा पराजुलीले महिलाहरूको सक्रियतामा मेलाको आयोजना हुनु विराटनगरका लागि गौरवको विषय भएको बताए ।

चैत २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने मेलाको मुख्य आयोजना साझा प्रयास नेपालले गरेको हो । संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यावसायलाई चलायमान बनाउने विश्वास ब्यक्त गरिन् ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहेको आयोजकले जनाएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुति हुने बताइएको छ ।

View : 39

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved