विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको दोस्रो दिन आइतबार ‘बुद्धिमानी आमा’ मञ्चन भएको छ ।
हाटखोलास्थित गुरुकुलमा ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिषा राजवंशीद्वारा निर्देशित नाटक मञ्चन भएको हो ।
योशिको उचिदाद्वारा लिखित कक्षा ७ को पाठ्यक्रममा समावेश कथालाई नाटकको रुप दिई मञ्चन गरिएको नाटकमा सोही विद्यालयका विद्यार्थी सुशान्त पोखरेल, नितान्त थापा, सुदिन थापा, जिया भगत, उपासना यादव लगायतले अभिनय गरेका थिए ।
वृद्धहरु शारीरिक रुपमा केही कमजोर भए पनि उनीहरुको ज्ञान, सीप र अनुभवले समाजमा महत्वपूर्ण योगदान गर्नसक्ने उक्त नाटकको मूलसार थियो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा सोमबार दिल्ली पब्लिक स्कुलले छिमेकी मञ्चन गर्नेछ ।
भदौ ३१ गतेसम्म बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई सम्मानको व्यवस्था गरिएको छ ।
View : 144
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved