Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

वैदिक सनातन समिति कोशी प्रदेशमा सक्रिय

उद्‌घोष संवाददाता
५ असोज २०८२, आइतवार

विराटनगर / वैदिक सनातन धर्म संरक्षण समितिले २०७५ सालमा स्थापना भएदेखि नै हिन्दु राष्ट्र अभियानलाई विशेष जोड दिंदै आएको बताएको छ । समितिका केन्द्रीय सदस्य केदार आचार्यका अनुसार, गुरु ब्राह्मणहरूको विशेष संगठनको रूपमा स्थापित यो संस्थाले कोशी प्रदेशमा आफ्नो संरचनालाई चुस्त र दुरुस्त बनाएको छ ।

आचार्यले वैदिक परम्परा र सनातन धर्मको संरक्षण तथा सम्बर्धन गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार, समितिले गरिब तथा कमजोर सनातन धर्मालम्बीहरूलाई संस्कार र कर्मकाण्ड गर्न सहयोग पुर्‍याउँदै आएको छ । विशेष गरी, क्रिया र गाई दान गर्न नसक्नेहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने काम यसले गर्दै आएको छ ।

समितिको संरचना कोशी प्रदेशका १३७ वटै स्थानीय पालिकाहरूमा विस्तार भइसकेको आचार्यले जानकारी दिए ।  यद्यपि, ७७ वटै जिल्लामा समिति बनाउने कार्य भने जारी रहेको उनको भनाइ छ ।

केन्द्रीय समिति १७ सदस्यीय रहेको र यसको नेतृत्व झापा, विर्तामोडका रामप्रसाद ओझाले अध्यक्षको रूपमा गर्दै आएका छन् । महासचिवमा खगेन्द्र निरौला र उपाध्यक्षमा अग्नि सिक्तेल छन् । त्यस्तै, केन्द्रीय सदस्यमा केदार आचार्य स्वयं छन् ।

समितिका सल्लाहकारहरूमा छन्दुराम भण्डारी, दीपक पराजुली, भवानीशंकर निरौला र अच्युत प्रपन्नाचार्य लगायतका व्यक्तिहरू रहेको जनाइएको छ । पश्चिममा ढुण्डिराज ओझा र काठमाडौंमा उत्तम उपाध्याय पनि समितिको कार्यमा सक्रिय रहेको आचार्यले बताए । 
 

View : 452

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved