विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले आयोजना गरेको तीन दिने नारी उत्सव भव्य रुपमा उद्घाटन सम्पन्न भएको छ ।
महिलाहरूको महान चाड ‘तिज पर्व’ को अवसरमा आयोजित नारी उत्सव २०८१ को उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार गरेका छन् । विराटनगरस्थित सिटी प्यालेसमा जारी नारी उत्सव आइतबार सकिदैछ ।
उत्सवमा तिजका लागि महिलाहरूलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरू, अयौगिक उत्पादन र दैनिक उपभोग्य वस्तुहरू समेत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा राखिएका अधिकांश वस्तु महिला उद्यमीकै उत्पादन हुन् ।
उत्सवमा ६० वटा स्टल रहेको जनाइएको छ । त्यसैगरी कृषि वस्तुको प्रदर्शनीका लागि १० वटा स्टल रहेको संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले बताइन् । उनले फुड स्टल १० रहेको जानकारी दिइन् ।
उत्सवमा मिस नेपाल वर्ल्ड २०२४ आस्मा केसी र मिस नेपाल अर्थ सुमना केसीको समेत सहभागिता रहेको थियो ।
उत्सवको उद्घाटनका अवसरमा मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की लगायतको उपस्थिति रहेको थियो ।
View : 323
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved