Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

धनपालथानमा ६०३ जनाको स्वास्थ्य परीक्षण

उद्घोष सम्वाददाता
२९ जेठ २०८१, मङ्गलवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिका–५ दादरबेरियामा आयोजना गरेको स्वास्थ्य शिविरमा ६०३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

जीवन विकासको कर्सिया शाखाले आयोजन गरेको शिविरमा स्थानीय ६०३ जनाले  स्वास्थ्य परीक्षण गरेका हुन् ।

जीवन विकास पब्लिक हेल्थ, विराट शिक्षण अस्पताल र गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा जनरफ मेडिसिन, प्रसूति, क्यान्सर तथा आँखा जाँच सम्बन्धि शिविर आयोजना गरिएको थियो ।

शिविरमा २५९ जनाले आँखा जाँच गराएका थिए । आँखा जाँच गर्ने मध्ये २२ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । मोतियाबिन्दु भएकाहरुको गोल्छा आँखा अस्पतालमा निः शुल्क शल्यक्रिया पनि गरिएको छ ।

दुई सय जनाको ल्याब परिक्षण गरिएको शिविरमा ९३ जनामा सुगर र ८५ जनामा रक्तचाप सम्बन्धि समस्या देखिएको थियो ।

स्वास्थ्यमा सहज पहुँच नपुगेका गरिब, विपन्न तथा र ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था कर्सिया शाखाका प्रमुख गायत्री पोखरेलले जानकारी दिए ।

View : 139

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved