विराटनगर । अविरल वर्षाका कारण विभिन्न विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ ।
विद्यालयहरू समेत डुबानमा परेका कारण पठनपाठन प्रभावित भएको भन्दै केही विद्यालयले सूचना निकालेर बिदा दिएका छन् ।
वर्षाका कारण बाटो अवरुद्ध हुँदा विद्यार्थीहरूलाई विद्यालय आवत जावतमै समस्या परेको भन्दै विद्यालयहरूले बिदा दिएका हुन् ।
मंगलबार बिहानदेखि विराटनगर र आसपासका धेरै क्षेत्रमा अत्याधिक वर्षा भइरहेको छ । वर्षाका कारण विराटनगर जलमग्न बनेको छ ।
घरभित्र पानी पसेका कारण जनजीवन नै प्रभावित बनेको छ ।
View : 1045
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved