विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विहान सातै बजेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने व्यवस्था गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेका कारण सेवा प्रवाहको सहजताका लागि विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म परिचयपत्र बनाउने व्यवस्था मिलाइएको हो ।
मोरङमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अर्को सूचना नभएसम्म विहानैदेखि सेवा प्रवाह सुरु गरिएको जानकारी दिए ।
परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा फोटो खिच्न र विवरण रुजु गर्न पाँचवटा कम्प्युटर प्रणालीको व्यवस्था गरिएको छ ।
View : 280
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved