Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
वातावरण

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : ढलापडा वनपैदावार संकलन गर्ने निर्णय

उद्घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

विराटनगर, १ पुस । कोशी प्रदेश सरकारले वनजंगलमा ढलापडा अवस्थामा रहेका वनपैदावार संकलन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वनजंगलमा रहेका ढलापडा पैदावार संकलन गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए ।

उनले मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको औद्योगिक व्यावसायिक नियमावली २०८० स्वीृकत गर्ने निर्णय गरेको पनि बताए ।

२०७७ मै प्रदेश औद्योगिक व्यवसाय ऐन बने पनि नियमावली नबन्दा ठुला उद्योगहरूको दर्ता हुन सकेको थिएन । सरकारले त्यसका लागि नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिए । प्रदेश सरकारले संघबाट समायोजन र पदस्थापन गर्ने निर्णय भएअनुसार कोशी प्रदेशमा कार्यरत फरेष्टरहरूलाई प्रदेशमै समायोजन गर्नेसमेत निर्णय गरेको जनाइएको छ ।

मन्त्रिपरिषद्ले योगमाया आयुर्वेदिक विश्वविद्यालय परिषद्मा तीनजना सदस्य मनोनित गर्ने निर्णय गरेको छ । योगमाया आयुर्वेदिक विश्वविद्यालय ऐन २०७९ को दफा ७ मा विश्वविद्यालय परिषद् सम्बन्धी व्यवस्था रहेको छ ।

परिषद्मा तत्कालिन प्रदेश १ (हाल कोशी प्रदेश) बाट कम्तिमा एक महिलासहित तीनजना सदस्य मनोनित गर्ने व्यवस्था अनुसार प्रदेश सरकारले सदस्य मनोनित गर्ने निर्णय गरेको जनाइएको छ ।

ऐनमा उक्त विश्वविद्यालयको केन्द्रीय कार्यालय अरूण उपत्यकामा रहने उल्लेख छ । अरूण उपत्यकाभित्र संखुवासभाका १०, भोजपुरको ६ र धनकुटाको ३ वटा स्थानीय तहलाई समेटिएको छ ।

View : 239

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved