विराटनगर । विराटनगर–३ स्थित प्रताप आदर्श सेवा समूह–गणेश मन्दिरको २० औं साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको आफ्नै सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली) को अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले वार्षिक सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाको अवसरमा संस्थाले प्राज्ञ एवं वरिष्ठ समाजसेवी दघिराज सुवेदीलाई संस्थाको श्रीबृद्धिमा निर्वाह गरेको भूमिका र योगदानको सम्मान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले संस्थाका पदाधिकारीहरूसहित सुवेदीको घरैमा गएर सम्मान गरेका हुन् । सुवेदी केही समययता अस्वस्थ छन् ।
साधारणसभाको अवसरमा विराटनगर–४ का ९२ वर्षीय देवराज रेग्मी र विराटनगर–३ की ९१ वर्षीया अम्बिकादेवी अमात्यलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभामा प्रस्तुत कार्ययोजनाअनुसार प्रताप मार्ग निर्माणका लागि दुई करोड रुपैयाँ र गणेश मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण गर्न २५ लाख रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
यसैबीच साधारणसभाले आगामी ३ वर्षका लागि मार्सेलीकै अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजका विशिष्ट व्यक्तिहरूलाई समेटर १५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको जनाइएको छ ।
View : 146
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved