Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज देशभर अधिकांश स्थानमा वर्षा

उद्घोष सम्वाददाता
२२ साउन २०८१, मङ्गलवार

विराटनगर । आज देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार दिउँसो  कोशी प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ती स्थानमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

केही स्थानमा त अति भारी वर्षाको सम्भावना समेत रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । जसका कारण डुबान तथा बाढी आउने र त्यसबाट गेग्र्यान बहाव र पहिरोको जोखिम बढ्ने जनाइएको छ । त्यसको क्षतिबाट जोगिनका लागि विभागले आग्रह गरेको छ ।

View : 134

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved