सप्तरी । नेपाल बाँतर सरदार समाज कल्याणकारिणी एवं उत्थान केन्द्र, केन्द्रीय समितिको संयुक्त पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वले मंगलबार सपथ ग्रहण गरेको छ । महाधिवेशनबाट मखनलाल सरदारको सभापतित्वमा सर्वसम्मत गठित ४० जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सप्तरी जिल्लामा आयोजित एक कार्यक्रमका बीच शपथ ग्रहण गरेका हुन् ।
नयाँ नेतृत्वको शपथ ग्रहण र प्रतिबद्धता
निर्वाचन समितिका संयोजक रमेशकुमार सरदारले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणपश्चात् सभापति मखनलाल सरदारले बाँतर जातिको उत्थान र मौलिक अधिकारका लागि नीति तथा कार्ययोजना बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, सहअध्यक्ष सुभाष सरदार, वरिष्ठ उपाध्यक्ष चन्द्रेश्वर सरदार, र महासचिव पदमकुमार सरदार लगायतका पदाधिकारीहरूले बाँतर जातिको धर्म, संस्कृति संरक्षणका साथै विभिन्न सचेतनामूलक, शिक्षा र स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाएर उत्थानमा लाग्ने प्रतिबद्धता जनाए ।
पाँचौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वयमा लक्ष्मी सरदार र दिलिप सरदार, सचिव सोनेलाल सरदार, सहसचिव रामलाल सरदार, कोषाध्यक्ष, कबिता माझी बाँतर चयन भएका छन् ।
केन्द्रीय सदस्यहरूमा बेचनी देवी सरदार, इनरदेवी सरदार, अमेरिका सरदार, रुधनी देवी सरदार, मालो देवी सरदार, पारो देवी सरदार, लक्ष्मीनारायण सरदार, लालबिर सरदार, कैलाश सरदार, भोला सरदार, चतुर सरदार, सुरेश प्रसाद सरदार, रामराज सरदार, दुर्गा सरदार, केशब सरदार, श्रवण कुमार सरदार, श्रवण लाल सरदार, तुलसी सरदार (कटहरी), तुलसी सरदार (ग्रामथान), सम्पत्त सरदार, विक्रम सरदार, देबेन्द्र सरदार, राम कुमार सरदार, शिवानन्द सरदार, रेखा देवी सरदार, सजनलाल सरदार, बिरेन सरदार, उपेन्द्र सरदार, रामप्रित सरदार, दिलिप कुमार सरदार, र रामलखन सरदार छन् ।
View : 463
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved