Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

एनसीडीए मोरङले मनायो होली

उद्‌घोष सम्वाददाता
१ चैत २०८१, शुक्रवार

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ शाखाले बिहीबार होली मिलन कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोल्दै एनसीडीएका केन्द्रीय सदस्य प्रदीपकुमार दासले होली पर्वले समाजमा भाइचारा सम्बन्ध कायम गर्दै अगाडि बढ्न प्रेरित गर्ने बताए । 

एनसीडीए कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले सद्भावको पर्व होलीले व्यवसायीहरूमा भाइचारा कायम गर्दै अगाडि बढ्न ठूलो मद्दत पुग्ने बताउँदै औषधि व्यवसायीहरूलाई एकताबद्ध हुन र आपसी  सहकार्यमा जोड दिए ।

एनसीडीए मोरङका अध्यक्ष देशबन्धु ढकालले होलीको शुभकामना दिदै औषधि व्यवसायीहरूको हकहितमा केन्द्रीय कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा एनसीडीए कोशी प्रदेशमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई संघले सम्मान गरेको थियो । 

कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका भरत साह, मेलान विराटनगरका अध्यक्ष दिनेश राउत, पिनका अध्यक्ष दुर्गा भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइराला लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

View : 230

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved