विराटनगर । मोरङको कटहरी गाउँपालिकाको वडानम्बर ५ मा चौथो वडाध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी वडा नम्बर ५ को आयोजनामा सुरु भएको प्रतियोगिताको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गरे ।
प्रतियोगितामा बनसखण्डी युवा क्लब, बाहुनी क्लब, फाइभ स्टार क्लब इटहरी, विराटनगर क्लब, चौधरीचोक क्लब र सुकचर क्लबको सहभागिता रहेको छ ।
यस्तै विराटनगर १९, शान्ति युवा क्लब, मिल्सएरिया रानी, कटहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ, रंगेली नगरपालिका, कमल झोडा, दुर्गा युवा क्लब र आयोजक टिमसमेत गरी १६ वटा टिमको सहभागिता रहेको खेल संयोजक किशनलाल सरदारले जानकारी दिए ।
प्रतियोगितामा उपाधि बिजेता टिमले ७५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद ५१ हजार राशिको पुरस्कार प्राप्त गर्ने अर्का खेल संयोजक शिवनारायण सरदारले जानकारी दिए ।
आमन्त्रित क्लबहरुबीच भदौ १७ गतेसम्म प्रतिस्पर्धा हुने र त्यसपछि मात्र फाइनल प्रतियोगिताको मिति तोकिने आयोजक समितिले जनाएको छ ।
फुटबलको संरक्षण तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेल आयोजना गरिएको कटहरी–५ का वडाध्यक्ष सम्पतलाल सरदारले बताए ।
View : 389
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved