Biratnagar, Morang, Nepal
२५ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

हंसवाहिनी प्रिन्टर्सले दियो १ लाख ११ हजार

उद्‌घोष संवाददाता
२४ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन प्रालिले भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि  सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोष राहत कोषमा सहयोग रकम दिएको छ । 

बुधबार हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशनका अध्यक्ष कृष्ण अधिकारी, प्रबन्ध सञ्चालक लव घिमिरे, सञ्चालक यादव रिजाल, बलराम गिरीसहितको टोलीले  मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ १ लाख ११ हजार राशिको चेक हस्तान्तरण गरेको हो ।

सहयोग रकमको चेक हन्तान्तरण गर्दै अध्यक्ष अधिकारीले आफूहरुको  सानो सहयोगले पनि वाढी पीडितका लागि सहयोग पुग्ने विश्वासका साथ सहयोग गर्न चाहेको बताए ।  

सो अवसरमा प्रजिअ कट्टेलले   बाढी पीडितको सहयोगका लागि हंसवाहिनी प्रिन्टर्स एण्ड पब्लिकेशन प्रालिलाई धन्यवाद दिएका थिए ।

View : 251

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved