विराटनगर । सम्भवतः विराटनगरमा जारी व्यापार मेलामा सबैभन्दा बढी स्टल लिनेमा क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस् प्रालि पर्दछ । काबरा ग्रुपअन्तर्गतको यो कम्पनीले व्यापार मेलाको ६ वटा स्टल लिएको छ ।
दुई साइडबाट ग्राहकले सजिलैसँग स्टलको अवलोकन तथा सामान खरिद गर्न सक्नेगरी क्वालिटीले स्टल नं. ११, १२, १३ का साथै २२, २३ र २४ नम्बरको स्टल लिएको छ । त्यस्तै स्टल सजावटमा क्वालिटी डाइट एण्ड फुड प्रोडक्टस्ले कुनै कञ्जुस्याइ गरेको छैन । बिस्कुट तथा स्न्याक्स आइटममा क्वालिटीका सयौं प्रकारका उत्पादन छन् ।
टेस्टीटेस्टी बिस्कुट क्वालिटीलाई चिनाउने कम्पनीको लोकप्रिय उत्पादन हो । यस कम्पनीको टेस्टीटेस्टी बिस्कुटका अतिरिक्त बनबन बिस्कुट पनि उपभोक्ताले निकै रुचाएका छन् ।
कम्पनीको बिस्कुट आइटममा सुगर फ्री बिस्कुट र नर्मल बिस्कुटसहित सबै प्रकारका बिस्कुटलाई उपभोक्ताले रुचाइदिएको कम्पनीका कर्मचारी रामबाबु पटेल बताउँछन् ।
कम्पनीले ‘ट्रेडिसन’ नाममा विभिन्न स्वाद र तौलका बिस्कुट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
सुनसरीको दुहवीमा उद्योग रहेको क्वालिटीले बिस्कुटका अतिरिक्त विभिन्न स्वादका चकलेट पनि उत्पादन गर्दै आएको छ । यसबाहेक कम्पनीले नुडल्स आइटममा चाउचाउ र पफ आइटममा हट्के–झट्के जस्तो चटपटा स्नाक्सका साथै चिजबल्स पनि बजारमा ल्याएको छ ।
कम्पनीको ‘बाँडेर खाउँ, माया बढ्छ’ स्लोगन लिएको छ । यसका अतिरिक्त कम्पनीले ‘गुणस्तरमा हामी कहिले सम्झौता गर्दैनौं’ भन्ने सपथसँगै ‘नेपालीको पौरख, नेपालीको गौरब’ भन्दै आफ्नो उत्पादन स्वदेशी भएकोमा उपभोक्तालाई प्रयोग गर्न अपिल गरेको छ ।
व्यापार मेलामा उपभोक्तालाई लक्षित गरी कम्पनीले आकर्षक छुटका साथै मेला अवलोकनकर्ताको मनोरञ्जनका लागि रमाइलो खेल पनि खेलाउने गरेको छ ।
View : 135
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved