उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चोकमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी परेका छन् ।
बुधबार बेलुका करिब ९ बजेतिर जितेन्द्र राईको घरमा जन्मदिनको अवसरमा भोजका लागि तयार पारिएको खाद्य परिकार खाएका छिमेकी परपाहुना बिरामी परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
भोजमा वरिपरिका छरछिमेकी सहभागी भएका थिए ।
उनीहरूले रोटी, अचार, पुरी, बुनियाँ, पुवा लगायतका खाद्य परिकार खाएका थिए । ती परिकार खाएपछि उनीहरूलाई झाडापखाला लागेको जनाइएको छ । बिरामी भएका सबैलाई उपचारका लागि बिहीबार बेलुका ८ बजे जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको थियो ।
बिरामी हुनेहरूमा पुरुष ३ जना, महिला–११ जना, बालक ५ र बालिका ८ जना रहेको प्रहरीले जनाएको छ । उपचारपछि २६ जना घर फर्किए पनि एक जना बालकको उपचार चलिरहेको जनाइएको छ ।
प्रहरीले उक्त घटनाको अनुसन्धान समेत गरिरहेको जनाइएको छ ।
View : 544
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved