विराटनगर । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) कोशी प्रदेश समितिको नयाँ नेतृत्वमा महेन्द्रप्रसाद वस्ती चयन भएका छन् । शनिबार विराटनगरमा सम्पन्न प्रदेशस्तरीय कानुन व्यवसायीको भेलाले महेन्द्रप्रसाद वस्तीको अध्यक्षतामा आठ सदस्यीय नयाँ समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा नारायण चौलागार्ईं, सचिवमा सुरेन्द्र बस्नेत तथा कोषाध्यक्षमा विनोद तिम्सिना छन् ।
त्यसैगरी सदस्यहरूमा लोकबहादुर तामाङ (इलाम), वीरेन्द्र गौतम (सुनसरी), लेखनाथ निरौला (झापा), उमेश शाक्य (शङ्खुवासभा) छन् । कोशीका सबै १४ जिल्लाका पीपीएलए अध्यक्ष कोशी प्रदेश समितिमा पदेन सदस्य हुने व्यवस्था छ ।
समितिमा समावेश सदस्यहरूले कोशी प्रदेशमा कानुन व्यवसायीहरूको हकहित संरक्षण, पेशागत मर्यादा प्रवद्र्धन तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष वस्तीले संगठनलाई थप सशक्त बनाउँदै कानुन व्यवसायीहरूको पेशागत अधिकार र सामाजिक न्यायका सवालमा दृढतापूर्वक अघि बढ्ने बताएका छन् ।
View : 524
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved