Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
साहित्य

पोखरेलको ‘कसका लागि’ लघुकथा विमोचन

उद्घोष सम्वाददाता
१० चैत २०८०, शनिवार

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लिखित ‘कसका लागि’ लघुकथासंग्रह विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । 

कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीलगायतबाट संयुक्त रुपमा लघुकथा संग्रहको विमोचन गरिएको थियो । 

विमोचित कृतिका बारेमा प्रा. डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुङ्गेलले समीक्षा गरेका थिए ।

यसैगरी साहित्यकार बलराम पोखरेल, कृष्ण भण्डारी मार्सेली, प्रेम ओझा, गंगा सुवेदी, देवी पन्थी, रामबाबु दाहाल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले शुभकामना दिए ।

समारोहमा प्रतिमा निरौला, प्रिन्स प्रमोद ढकाल, लक्ष्मी रायमाझी पुष्पा बराल र उमा सिजापतिले विमोचित कृति भित्रका लघुकथा वाचन गरेका थिए ।

View : 151

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved