Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभाभित्र बचेका सामग्री पनि चोरीको प्रयास

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । जेनजी प्रदर्शनकारीको तोडफोड र आगजनीबाट ध्वस्त बनेको कोशी प्रदेश सभाभित्र गएराती चोर प्रवेश गरेर बचेका सामग्री समेत चार्ने प्रयास गरेको छ । 

‘राती सचिवालय परिसरमा आवाज आएपछि उठेर हेर्दा त चोर आएको रहेछ, सुरुमा त डर पनि लाग्यो, तर पछि भाटा लिएर लखेटें’ सचिवालयका सुरक्षागार्ड पुन्य तिम्सिनाले भने, ‘जलेर ध्वस्त भएको सचिवालयभित्र बिहान हेर्दा दिसा पनि गरिदिएछ ।’

सचिवालयका बचेका केही कोठामा भदौ २४ मा ठुलो संख्यामा प्रवेश गरेका प्रदर्शनकारीले झ्याल ढोका सवै तोडफोड गरेका थिए ।

कम्पाउण्ड वाल भत्काएका कारण सुरक्षा गर्न असहज भएको जनाइएको छ । जसका कारण प्रदेश सभा सचिवालयमा जोगिएका केही सामग्री समेत राती चोरी हुने चुनौति थपिएको प्रदेश सभाका सूचना अधिकारी निरोज ढकालले बताए ।

View : 499

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved