विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घूससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो अख्तर हुसेनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घूस लिएको अख्तियारले दाबी गरेको छ ।
सो रकम घूस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका–४ न्यूरोड ट्याक्सी विसौनीबाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
View : 150
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved