Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जनता मावि मधेसा पूर्वविद्यार्थी समाज गठन

समाजको अध्यक्षमा योगेन्द्र गिरी चयन भएका छन् ।
उद्‌घोष संवाददाता
१५ कार्तिक २०८२, शनिवार

इनरुवा । जनता माध्यमिक विद्यालय मधेसा इनरुवाका पूर्वविद्यार्थीहरूको शनिबार सम्पन्न प्रथम साधारण सभाले 'जनता मावि मधेसा पूर्वविद्यार्थी समाज' गठन गरेको छ । समाजको अध्यक्षमा योगेन्द्र गिरी चयन भएका छन् ।

१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सूर्यबहादुर(प्रेम) थापा, सचिवमा केशव भण्डारी, सहसचिवमा गीता बस्नेत र कोषाध्यक्षमा विनोद कटुवाल चयन भएका छन् । सदस्यहरूमा प्रशन्नध्वज कार्की, नारायणप्रसाद पोखरेल, ओमचन्द्र थापा, मोहन रेग्मी, शर्मिला निरौला, बन्धु पोखरेल, राजाराम चौधरी र हरि भट्टराई रहेका छन् । साधारण सभाले समाजको कार्यसमिति चयन गर्न विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरेको थियो ।

समाजको अध्यक्षमा चयन भएपछि नवनिर्वाचित अध्यक्ष योगेन्द्र गिरीले समाजले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि सम्पन्न प्रथम साधारण सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर कार्की, समितिका पूर्वअध्यक्ष तीर्थराज अधिकारी, इनरुवा नगरपालिकाका कार्यपालिका सदस्य सविता सुवेदी, पूर्वविद्यार्थीहरू बन्धु पोखरेल र केशव भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रथम साधारण सभा समाजका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर कार्कीको अध्यक्षता तथा प्रेमबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो ।
 

View : 1688

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved