विराटनगर /हाम्रो समाज विराटनगर-९ कलेजरोडले १०१ वर्षीया झगरियादेवी राजवंशीसहित असी वर्ष नाघेका १० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
उनीहरूलाई न्यानो कपडा, ताताोपानीका लागि विद्युतीय जग, छाता, मोजा, उनी टोपी, चेवनप्रास वितरण गरेको अध्यक्ष अनुपकुमार सापकोटा ( मुन्ना) ले बताए ।
विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्की, नेपाली कांग्रेस वडा नं ९ की सभापति अनुजा कोइराला, नेका नेता कृष्ण कार्की, संस्थाका सचिव दीपेन्द्र अमात्य, कृष्ण गुरूङ, विमल तामाङ समेतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो ।
सो समाजले कलेज रोडको सौन्दर्यकरण अन्तर्गत हिमालयरोडबाट नेपाल पत्रकार महासंघको कार्यालयसम्म सडकको दुवैतर्फ फूल सहितको गमला राखी सजाउने, राष्ट्रिय झण्डा फराउने, राति विद्युतीय बत्ती लगाएर झलमल बनाउने, बटुवाका लागि सडकपेटी सफा गरी फलैचाको व्यवस्था गर्ने काम पनि गरेको छ ।
View : 575
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved