Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरीले जित्यो अन्तरनगर फुटबलको उपाधि

उद्‌घोष सम्वाददाता
१४ पुष २०८०, शनिवार

सुनसरी : इटहरी उपमहानगरपालिकाले पहिलो अन्तरनगर स्तरिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा धरान उपमहानगरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो । उपाधिसंगै इटहरीले नगद १ लाख रुपैया जितेको छ । उपबिजेता धरानले ५० हजार रुपैयामा चित्त बुझाएको छ ।

निर्धारित समयमा दुबै टिमबाट गोल नभएपनि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा घरेलू टिम इटहरीको तर्फबाट सन्तोष दाहाल, सुमित चौधरी, हरि कार्की र योगेन्द्र कार्कीले गोल गर्दा कप्तान प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो ।

धरानको तर्फबाट आमोस लिम्बु, अजय बिष्ट र अनिस राईले मात्र गोल गरे । इन्सन राइको प्रहार इटहरीका गोलकिपर निरज चौधरीले बचाउन गरेको थिए भने आशुतोष राईको प्रहार बाहिरिदा इटहरीले उपाधी जित्न सकेको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इटहरी उपमहानगरपालिकाका प्रवेश दनुवार घोषित भए । इटहरीका निरज चौधरी म्यानअफद फाइनलसंगै उत्कृष्ट गोलकिपर, योगेन्द्र कार्की उत्कृष्ट मिडफिल्डर, समिर राई उत्कृष्ट फरवार्ड र बिमल मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।

धरान उपमहानगरका आमोस लिम्बु उत्कृष्ट डिफेण्डर घोषित भए । इटहरी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका बिभिन्न ८ वटा पालिकाहरुको सहभागिता रहेको थियो ।

View : 154

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved