विराटनगर । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको चौदण्डीगढी नगरपालिका–६ द्वारखोला पुलमा इटहरीबाट गाईघाटतर्फ जाँदै गरेको टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेजमा उपचार भइरहेका चालक विनोद लामाको शनिबार राति उपचारकै क्रममा निधन भएको हो ।
प्र.२–०२–००३ प ३७०८ नम्बरको मोटरसाइकललाई को १ च ८७९९ नम्बरको सुमोले साउन ३० मा ठक्कर दिंदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–८ का ४८ को विनोद लामा र मोटरसाइकलको पछाडी सवार ४५ वर्षीया सिफल सदा घाइते भएका थिए ।
घाइते सदाको भने उपचार भइरहेको जनाइएको छ । सुमोका चालक त्रियुगा नगरपालिका–६ का ३६ वर्षीय प्रेम कार्कीलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ ।
View : 397
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved