सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले इन्द्रपुर रंगशालामा उद्घाटन गरेका छन् ।
'खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार' भन्ने नारासहित प्रतियोगिता सुरु भएको हो ।
खेलकुदले सुन्दरहरैँचा क्षेत्रका विद्यार्थीहरूको प्रतिभा, क्षमतालाई उजागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताका लागि निरन्तर सहयोग उपलव्ध गराउने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताए । नगर प्रमुख गुरागाँईले १९ वर्ष मुनिका फुलबल खेलाडीहरूलाई तालिमको व्यवस्था नगरपालिकाले गर्ने समेत जानकारी दिए ।
प्रतियोगितामा नगरक्षेत्रमा रहेका ४४ वटा विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूको सहभागिता रहने उपप्रमुख अकली चौधरीले बताइन् ।
प्रतियोगिताको समापन यहि पुस १० हुनेछ । समापनमा विजयी भएका विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।
उद्घाटनको पहिलो दिन दौड, भाले जुदाई, चकलेट दौड, हिसाब दौड लगायत खेलहरु भएका छन् । अन्य खेलहरू पनि हुनेछन् ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पुर्वमन्त्री राजकुमार ओझा, सुन्दरहरैँचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाँई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता नगर खेलकुद विकास समिति सुन्दरहरैँचाको आयोजनामा सुरू भएको हो ।
View : 152
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved