सुनसरी । इटहरी–१२ बाट ठूलो परिमाणको लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले आइतबार इटहरी–१२ का नसिव फार्मेसीका सञ्चालक ५० बर्षीय नसिवनारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको वोरामा लुकाई राखेको प्रतिवन्धित औषधि ट्रामाडोल १९ हजार ८ सय क्याप्सुल र नियन्त्रित औषधि डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको हो ।
ठूलो परिमाणको लागुऔषध बरामद भएसँगै चौधरी र उनकी श्रीमती सम्झना चौधरी समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भैरहेको बताइएको छ ।
View : 347
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved