विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ दशमलव ३३ प्रतिशत मत खसेको छ ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ग्रामथान गाउँपालिकाको निर्वाचनमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र रहेको थियो । जसमध्ये वडा नम्बर ३ स्थित राधाकृष्ण आधारभूत विद्यालय भौसाबाडी मतदान स्थलमा सवैभन्दा धेरै ७९ दशमलव २३ मत खसेको जनाइएको छ । त्यहाँ १ हजार ४०६ मतदाता रहेकोमा १ हजार ११४ जनाले मतदान गरेका छन् ।
त्यसैगरी वडा नम्बर ४ स्थित लोहन्द्रा आधारभूत विद्यालय मोतिपुर मतदान केन्द्रमा सवैभन्दा कम ६७ दशमलव २८ प्रतशत मत खसेको छ । त्यहाँ १ हजार ८९२ मतदाता रहेकोमा १ हजार २७३ मतदाताले मतदान गरेका हुन् ।
महिला मतदाता उत्साहित
यसैबीच १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता रहेको ग्रामथान गाउँपालिकामा मतदानका क्रममा पुरुषभन्दा महिलाले उत्साहपूर्ण रुपमा मतदान गरेका छन् ।
९ हजार ६११ महिला र ८ हजार ९६६ पुरुष मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
View : 77
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved