Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

किशोरीलाई ‘सुरक्षित महिनावारी’ सचेतना

उद्‌घोष संवाददाता
१७ असार २०८२, मङ्गलवार

विराटनगर ।  विराटनगर जेसिजले ‘सुरक्षित महिनावारी, सुरक्षित उनी’ नाराका साथ विराटनगर–१३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयमा किशोरीहरूको लागि एक कार्यक्रम गरेको छ । सो अवसरमा महिनावारीसम्बन्धी सरसफाइ, स्वास्थ्य सुरक्षाका उपाय तथा स्यानिटरी प्याडको प्रयोगबारे विस्तृत जानकारी दिइएको विराटनगर जेसिजका अध्यक्ष प्रीतेशराज दाहालले बताए ।

कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ७० जना किशोरीको सक्रिय सहभागिता थियो, उनीहरुलाई निःशुल्क स्यानिटरी प्याडसमेत वितरण गरिएको बताइएको छ । विराटनगर जेसिजको मानवता सेवा सप्ताह  अन्तर्गत आइतबार सोमबार वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक र विपन्न बालबालिका (विद्यार्थी) लक्षित कार्यक्रम गरिसकेको छ ।

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved